News प्रदेश ७

१० महिने छोरी जलाएर हत्या गरेकाे आरोपमा दम्पती पक्राउ  

१० महिने छोरी जलाएर हत्या गरेकाे आरोपमा दम्पती पक्राउ  

दार्चुला । श्रीमान–श्रीमतीबीच झगडा हुँदा दार्चुलामा एक दाम्पतीले १० महिने छोरीको जलाएर हत्या गरेका छन् । छोरीको हत्या आरोपमा जिल्लाको व्याँस गाउँपालिका–५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति करिब साढे ११ बजे उनीहरू सामान्य विवाद भएको थियो । श्रीमतीसँगको विवादपछि आवेगमा नवीनले छोरीलाई खरको कुन्युमा राखी आगो लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । 

 

घटनापछि भाग्न लागेका उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरी चौकी धौलाकोटबाट गएको अमिर रावलको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । ‘श्रीमतीले उनको दिदीलाई सुन दिएको विषयमा विवाद हुँदा घटना भयो’ नवीनले स्वीकार्दै भने । नवीनलाई अपराध संहिताअनुसार कारवाही हुने र शिलालाई कसुर हेरी कारवाहीका लागि सिफारिस गर्ने प्रहरीले जानकारी दिए । 

दार्चुला दम्पती पक्राउ  

विशेष