News

काठमाडौंका १८६ स्थानमा ‘नाइटभिजन सिसिक्यामेरा’

काठमाडौंका १८६ स्थानमा ‘नाइटभिजन सिसिक्यामेरा’

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो । क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ । प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका लागि बनेका समितिले अहिले सिसिक्यामेरा जडान गरिने स्थानको पहिचान गरिसकेको छ ।

 

 कस्ता क्यामेरा जडान हुन्छन् ?  
महानगरमा जडान हुने क्यामेरा आधुनिक प्रविधिमा आधारित हुनेछन् । ‘नाइट भिजन’ क्यामेरासमेत जडान गर्ने तयारी छ । ‘महानगरले बत्तीको व्यवस्था गर्ने सम्झौता छ । हामी नाइट भिजन क्यामेरासमेत जडान गर्छौँ ।’ बोगटीले भने । एक वा एकभन्दा बढी बाटो जोडिएको चोकमा घुम्ने प्रकृतिका क्यामेरा जडान हुनेछन् । ‘९३ वटा घुम्ने र ९३ वटै फिक्स क्यामेरा जडान गर्नेछौँ । दुईदेखि आठ मेगापिक्सलका क्यामेरा जडान हुनेछन् ।’ क्यामेराको सिस्टम भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सञ्चालन गर्नेछ ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सिसि क्यामेरा

विशेष