दैलेख केन्द्र बनाएर ५.१ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस
काठमाडौं । दैलेख केन्द्रबिन्दु बनाएर शनिबार मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ।
शनिबार मध्य रात १२ बजेर ३६ मिनेटमा दैलेखको नौ मूले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। यसबाट भएको क्षति विवरणहरू प्राप्त हुनु सकेको छैन। भूकम्पको धक्का महसुस भएपछि स्थानीय भने त्रशित भएका छन्।
यसअघि पनि मध्य तथा सुदूरपश्चिमी पहाडी क्षेत्र ससाना भूकम्पको धक्का महसुस भएका थिए। बैशाख १ गते बझाङ केन्द्र बिन्दु बनाएर ८.८ म्याग्नेच्युडको र बैशाख ११ गते धादिङ केन्द्र बनाएर तीनवटा भूकम्पको धक्का महसुस गरिएको थियो। तर विज्ञहरूले यसलाई गोरखा भूकम्पका परकम्पन रहेका बताएका छन्।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि देशका विभिन्न क्षेत्रमा यस्ता परकम्पनहरू बेलाबेलामा जाने गरेका छन्। अहिलेसम्म ४७ हजारभन्दा बढी पराकम्पन गइसकेको बताइन्छ। विज्ञहरूका अनुसार भूकम्प गएको ठाउँमा दशौँ वर्षसम्म पराकम्पनहरू गइरहन्छन्।
भूकम्प