विदेश

पाकिस्तानको पाँच तारे होटल पर्ल कन्टिनेन्टल बन्दुकधारीहरूको कब्जामा

पाकिस्तानको पाँच तारे होटल पर्ल कन्टिनेन्टल बन्दुकधारीहरूको कब्जामा

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा रहेको एक होटेलमा बन्दुकधारीहरूले गोलीबारी गरेका छन्। बन्दुकधारीहरूले ग्वादर शहरमा रहेको फाइभ स्टार पर्ल कन्टिनेन्टल होटलमा बन्दुक धारीहरूले गोलीबारी गरेका हुन्।

तीन बन्दुधारीहरूले एक सुरक्षाकर्मीको गोली हानी हत्या गरिदिएको बिबिसीले जनाएको छ। होटलका प्रवक्ताका अनुसार रमजान र छुट्टीका कारण होटलमा गेस्टहरू थिएनन् भने कर्मचारी पनि कम थिए।

उक्त गोलीबारीको जिम्मा अलग विचार राख्ने संगठन बलोचिस्तान लिब्रेशन आर्मी (बीएलए)ले लिएको छ। उक्त संगठनले चिनियाँ नागरिक र विदेशी व्यक्तिहरूलाई निशान बनाउनका लागि गोलीबारी गरिएको बयान दिएको छ।

उक्त समूहसँग जोडिएको दाबी गर्ने एक ट्विट एकाउन्टमा चीन र पाकिस्तानमा अरू गोलीबारी हुने दाबी गरिएको छ। बलोचिस्तानका स्थानीय संगठन चिनियाँ लगानीकर्तालाई मन पराउँदैनन्।

केही कर्मचारी अहिलेसम्म होटल भित्रै रहेको अनुमान गरिएको छ। यसअघि आएको समाचारमा होटल खाली गरिएको बताइएको थियो।

बन्दुकधारीले स्थानीय समयअनुसार शनिबार साँझ ४ बजे ५० मिनेटमा गोलीबारी गरेका हुन्। एक सुरक्षाकर्मीले होटलको प्रवेशद्वारमा बन्दुकधारीलाई रोक्न खोज्दा उसलाई गोली हानी हत्या गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइएअनुसार अझै पनि बन्दुकधारी होटल भित्र रहेको र उनीहरूसँग सुरक्षाकर्मीहरू लडिरहेका छन्।

पर्ल कन्टिनेन्टल होटल

विशेष