प्रजातन्त्र प्राप्तिमा टंकप्रसादको योगदान महत्वपूर्ण–नेपाल 

प्रजातन्त्र प्राप्तिमा टंकप्रसादको योगदान महत्वपूर्ण–नेपाल 

काठमाडौं । प्रजातन्त्र प्राप्तिमा टंकप्रसाद आचार्यको महत्वपूर्ण योगदान रहेको पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।

 

टंकप्रसाद आचार्यको २६ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको कोटेश्वरस्थित शालिकस्थलमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो धारणा राखेका हुन् । नेता नेपालले आचार्यको नेतृत्वमा ०९७ सालमा आन्दोलनको शुरुवात नभएको भए मुलुकमा प्रजातन्त्र आउन त्यति सहज नहुने दाबी गरेका थिए । आचार्यको शालिकका लागि प्रतिष्ठानलाई उपयुक्त स्थान हेर्न आग्रह गर्दै त्यसको लागि पहल गर्ने जानकारी दिएका थिए । 

 

कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता लोकेश ढकालले काँग्रेसले बीपी र गणेशमान जस्ता नेताहरुलाई बिर्सेजस्तै नेकपा सरकारले टंकप्रसाद आचार्यको शालीकलाई कुनामा राखेर आचार्यको अपमान गरेको विचार ब्यक्त गरेका छन् । उद्योगपति एबं आचार्य बन्धु समाज नेपालका निवर्तमान अध्यक्ष कृष्ण आचार्य, समाजका महासचिव बाबुराम आचार्य,  डा. काशीराज दहाल, पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, काठमाडौ वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, वडा नम्बर ३५ नवराज पराजुली लगायतको उपस्थिति रहेको थियो । 

 

प्रतिष्ठानका अध्यक्ष अरबिन्द रिमालले प्रतिष्ठानले स्व आचार्यले लोकतन्त्रको लागि गरेको योगदान अतुलनीय भएको भन्दै प्रतिष्ठानले योगदानको कदरका लागि सरकारसंँग ढोका ढक्ढक्याईरहेको र शालीक स्थानान्त्तरणसहित थप सहयोगका लागि सहयोग गर्न सरकारसंग आग्रह गरेका थिए । 
 

संम्बधित खबर

विशेष