विदेश

आज भारतमा छैटौँ चरणको मतदान

आज भारतमा छैटौँ चरणको मतदान

भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत आइतबार छैटौँ चरणको निर्वाचन सुरू भएको छ । यस चरणमा ५९ वटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका १०, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

आइतबारको निर्वाचनबाट संघीयमन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, कांग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी (भाजपा)का प्राज्ञ सिंह ठाकुरसहित नौ सय ६८ जनाको राजनीतिक फैसला हुने भएको छ । यसअघिको लोकसभा निर्वाचनमा ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।

अप्रिल ११ देखि लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । छैटौँ चरणका लागि शुक्रबारदेखि प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु भएको थियो ।

मतदान

विशेष