News

राजिव जैन बने करोडपति

राजिव जैन बने करोडपति

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘को बन्छ करोडपति’ मा पहिलो पटक विराटनगरका राजिव जैनले एक करोड रूपैयाँ जित्दै किर्तीमान बनाएका छन् । अहिलेसम्मका सहभागीले ६ लाख ५० हजार मात्रै जितेकोमा उनले एक करोड जितेका हुन्।

 

राजीवले शनिबार प्रसारित कार्यक्रममा १३ प्रश्न मिलाएर २५ लाख जितेका थिए। शनिबार समय नपुगेको भन्दै प्रस्तोता महानायक राजेश हमालले आजका लागि बाँकी भाग सारेका थिए। शनिबार समय नपुगेर सकिएको यो कार्यक्रमा आइतवार बाँकी २ प्रश्नको उत्तर मिलाउँदै राजीवले एक करोड जितेका हुन् ।

 

१४ औँ प्रश्न ५० लाख रूपैयाँको थियो भने १५ औँ प्रश्न एक करोड रूपैयाँको थियो । राजीवले २५ लाख रूपैयाँ जित्नुअघि नै तीनवटै लाइफ लाइन सकिएका थिए । उनले बाँकी २ प्रश्न आफ्नै बुद्धिले मिलाएर एक करोड रूपैयाँ मिलाएका हुन्।  

करोडपति राजिव जैन

विशेष