चीनका पूर्व उप-अर्थमन्त्रीलाई पन्ध्र वर्ष जेल सजाय
लाखौं रुपैयाँ अनियमितता गरेको आरोपमा चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई अदालतले सोमबार १५ बर्षको जेल सजायको फैसला तोकेको छ ।
अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको अधिकारीहरुले जनाएका छन् । अदालतले उनलाई ६० लाख युआन जरिवाना पनि तोकेको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
अदालतले सन् १९९५ देखि २०१८ को बीचमा शाओचुङले विभिन्न पदमा रहँदा अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको देखिएको जनाएको छ । उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिएको देखिएपछि अदालतले सँजाय सुनाएको हो ।