News

फेवातालमा डरलाग्दो छाल, ५० बढी डुंगा डुबे

फेवातालमा डरलाग्दो छाल, ५० बढी डुंगा डुबे

लेखनाथ । समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।

 

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे। हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए। डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

फेवाताल छाल

विशेष