News

काठमाडौंका नयाँ एसएसपी भन्छन्, ‘गुण्डागर्दी र वेश्यावृति निरुत्साहित पारिनेछ’  

काठमाडौंका नयाँ एसएसपी भन्छन्, ‘गुण्डागर्दी र वेश्यावृति निरुत्साहित पारिनेछ’  

काठमाडौं । महानगरीय प्रहरी परिसरका काठमाडौंको प्रहरी अब आर्थिक अपराध र गुण्डागर्दी  नियन्त्रणमा केन्द्रीत हुने भएको छ । आर्थिक अपराध र गुण्डागर्दीसम्बन्धी उजुरी बढेपछि परिसरले मातहतको प्रहरी शक्तिलाई यसमा केन्द्रीत गर्ने भएको हो । परिसरका नव नियुक्त प्रमुख एसएसपी उत्तम सुवेदीले अब प्रहरीले गुण्डागर्दीसम्बन्धी उजुरीको खोजी गर्ने बताए । उनले भने, ‘प्रहरी कार्यालयमा गुण्डागर्दीसम्बन्धी उजुरी पर्दैनन् । त्यसो हुँदा प्रहरी यस्ता उजुरी कुरेर बस्ने होइन । प्रहरीले यस्ता उजुरीको खोजी गर्ने हो । मातहतको प्रहरी शक्ति अब यसमा केन्द्रीत हुनेछ ।’

 

परिसरमा आउने अधिकांश उजुरी आर्थिक अपराधसँग सम्बन्धित भएकाले यसको निराकरण गर्न प्रहरीले विशेष योजना बनाउने परिसरले जानकारी दियो । पसिरस प्रमुख एसएसपी सुवेदीले भने, ‘परिसरमा अधिकांश उजुरी आर्थिक अपराधसँग सम्बन्धित छन् । त्यसमा पनि धेरै जसो चेक बाउन्सका उजुरी छन् । यस्ता उजुरीको वर्गीकरण गरिनेछन् । मिटर ब्याजसँग सम्बन्धित छन् भने त्यसको अनुसन्धान फरक ढंगले हुनेछ । वैदेशिक रोजागार र लेनदेनका अन्य मुद्दासँग सम्बन्धित छन्, भने त्यसको अनुसन्धान सोही ढंगले अघि बढ्नेछ ।’

 

परिसरका अनुसार काठमाडौंमा वेश्यावृति पूर्ण रुपमा निरुत्साहित पारिनेछ । प्रमाणित भए संलग्न हुनेलाई मानव बेचबिखन मुद्दामा कारबाही गरिनेछ । रात्रीकालीन व्यवसायलाई थप व्यवस्थित गरिने परिसरले जनाएको छ । एसएसपी सुवेदीले भने, ‘वेश्यावृति रोकिनेछन् । कोही यसमा संलग्न भएको पाइए मानव बेचबिखनमा मुद्दा चलाइनेछ ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

गुण्डागर्दी वेश्यावृति एसएसपी उत्तम सुवेदी

विशेष