Technology विदेश

जब बेहोस अवस्थामै पाइलटले विमान उडाए !

जब बेहोस अवस्थामै पाइलटले विमान उडाए !

काठमाडौं । अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निद्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ मार्चमा यो गम्भीर घटनाका विषयमा एक रिपोर्ट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमान समावेश गरिएको थियो। 

 

एटीएसबीले भनेको छ, ‘ट्रेनी पाइलटले अडानभन्दा पहिला पर्याप्त निद्रा लिएका थिएनन् र उडानभन्दा पहिले चकलेट बार, एक इनर्जी ड्रिंक तथा थोरै पानी मात्रै पिएका थिए।’ अस्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई उनले टाउकोमा दुखाइ महसुस भएको थियो। यसपछि उनले अटोपाइलट खोले।’

 

डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो । एयर ट्राफिक कन्ट्रोलले कैयौं पटक पाइलटसँग सम्पर्क गर्ने कोसिस गरेको थियो तर असफल भएको थियो। यसपछि एलिलेडको दक्षिण–पश्चिम उडान भरिरहेको अर्को विमानलाई देखेको थियो। यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।  

अस्ट्रेलिया पाइलट

विशेष