२० वर्ष सेवा अवधि नपुगी जागिर छोड्ने सशस्त्र प्रहरीले प्रमाणपत्र नपाउने

२० वर्ष सेवा अवधि नपुगी जागिर छोड्ने सशस्त्र प्रहरीले प्रमाणपत्र नपाउने

काठमाडौं : सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि वीस बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ ।

संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही वर्षयता सेवा प्रवेश गरेको पाँच वर्षपछि नै राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । 

अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यविधि बनाएर नै प्रमाणपत्र दिने समयसीमा तोकेको हो ।

सशस्त्र प्रहरीमा भर्नापछि तालिमका साथै वृत्ति विकासका लागि राज्यको ठूलो लगानी हुने गरेको छ । हातहतियार चलाउने दक्षता भएका प्रहरी–कर्मचारीले बीचमा जागिर छोड्दा घाटा पुग्ने निष्कर्ष निकाली यस्तो निर्णय गरिएको हो । 

सशस्त्र प्रहरीलेको परामर्श समितिको बैठकले १६ बर्षमा नै अवकाश भए पनि २० वर्ष नपुगी अवकाश प्रमाणपत्र नदिने निर्णय गरेपछि जागिर छोड्ने क्रम घटेको छ । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

सशस्त्र प्रहरी बल

संम्बधित खबर

विशेष