वैवाहिक बन्धनमा बाँधिए नेपाल आइडल-२ का उपविजेता विक्रम बराल

काठमाडौं । ‘नेपाल आइडल सिजन-२’का उपविजेता विक्रम बरालले वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले प्रेमिका अनु गहतराजसँग विवाह गरेका हुन् ।
अनु पोखरा निवासी हुन् । पोखराको विन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा विवाह सम्पन्न भएको हो ।
बिवाह समारोहमा आफन्त, शुभचिन्तक, संगीतिक क्षेत्रका विशिष्ठ व्यक्तिहरुको सहभागीता रहेको थियो । लामो समयको प्रेमलाई उनीहरूले विवाहमा परिणत गरेका हुन्।
विक्रम बराल