कामरिताले तोडे आफ्नै विश्व रेकर्ड

काठमाडौं : कामिरिता शेर्पाले नयाँ रेकर्ड कायम गरेका छन्। उनले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन्।
सोलुखुम्बुको थामे गाउँका ४९ वर्षीय कामिरिताले आफ्नै नाममा रहेको रेकर्ड तोर्डदै नयाँ रेकर्ड कायम गरेका हुन्। उनले यसअघिको आफ्नै २२ औं पटकको विश्वकीर्तिमानलाई तोडेका हुन्।
'कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बुधबार बिहान ७ बजेर ५० मिनेट जाँदा सगरमाथाको शिखरमा पुगेका छन्', पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्।
उनको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ’यो राष्ट्रकै गौरवको कुरा’ भएको बताए्। सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।
सगरमाथा कामरिता शर्पा