अर्थ News मुख्य समाचार

 वैदेशिक लगानीका लागि अर्थमन्त्रीको आव्हान

 वैदेशिक लगानीका लागि अर्थमन्त्रीको आव्हान

 अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीका लागि उचित वातावरण बनेको दाबी गर्नुभएको छ ।  

 


नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय दूतावासले गरेको नेपाल– इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले लगानीको वातावरण बनाउनकै लागि वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको बताउनुभयो । 
सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेको बताउँदै अर्थमन्त्री खतिवडाले वैदेशिक लगानीका लागि यो समय मौका हुने धारणा राख्नुभयो । 

 

‘लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको छ । ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुनेछ ।’ अर्थमन्त्री खतिवडाको भनाइ छ– ‘लगानी र विश्वासको यो नै उत्तम अवसर हो ।’ 

 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० वटा पाँचतारे होटल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताउनुभयो । 

 

नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । 

डा.युवराज खतिवडा वैदेशिक लगानी

विशेष