News

उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी

उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी

काठमाडौं । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौंमा जिउँदो ल्याउन नपाउने प्रस्ताव गरेका छौं ।’

हाल जिउँदा खसीबोका, राँगालगँयत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन छैन । पशुपक्षीसम्बन्धी ढुवानी मापदण्ड भए पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयका अनुसार ढुवानी गर्दा ६र७ घण्टाभन्दाको अवधिमा विश्राम गर्नुपर्छ । व्यवसायीहरूले २/३ दिनसम्म बिनाविश्राम ढुवानी गरिरहेका छन् । त्यसलाई निरुत्साहित गर्न पनि कडाइ गर्न खोजेको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

पशुपक्षी

विशेष