सीडीओको कसीमा महिला प्रशासक

सीडीओको कसीमा महिला प्रशासक

७७ जिल्लामध्ये तीनवटा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्ने सौभाग्य महिलाले पाएका छन् । महिला नेतृत्व पाउने जिल्ला हुन– सिन्धुपाल्चोक, रामेछाप र जुम्ला । ती जिल्लामा क्रमशः गोमादेवी चेम्जोङ, लीलाकुमारी केसी र दुर्गा बञ्जाडे प्रशासनको सारथी छन् । 


एउटा अभूतपूर्व संयोग के परेको छ भने यी तीनवटै जिल्लाले पहिलो पटक महिला सीडीओ पाएका हुन् । तीनवटै महिला सीडीओ सूचना प्रविधि मैत्री छन् । लागेको स्पष्ट लेख्न, बोल्न सक्छन् । तर आँखै अगाडि  सबै देख्दादेख्दै पनि जनताले महिला पनि सीडीओ हुन्छन् र ? भन्ने गरेको दृश्यले आश्चर्यमा पार्छ । समाजमा रहेको छाप बद्ल्न समय लाग्ने उनीहरुको ठहर छ । 


दुर्गा बञ्जाडे साहित्यकार पनि हुन् । उनका थुप्रै फुटकर रचना प्रकाशित छन् । यसअघि सिन्धुपाल्चोक जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहेकी उनी पहिलो पटक जिल्लाको नेतृत्व लिएर जुम्ला पुगेकी हुन् । फेसबुक पेजमा बञ्जाडे लेख्छिन्– ‘जब पद्दति नै बनाइँदैन या भएका पद्दतिको समान रुपमा पालना गरिदैन, तब ढुक्क भए हुन्छ राष्ट्र अधोगति तर्फ उन्मुख छ ।’ 


गोमादेवी चेम्जोङ भोजपुरपछि दोस्रो पटक सीडीओ भएकी हुन् । भोजपुरमा तीनवटै स्थानीय निकायको चुनाव गराएको अनुभव बटुलेकी उनी जिल्लाको शान्ति सुरक्षा, सुशासन र विकास आफ्नो प्राथमिकता भएको बताउँछिन् । 


रामेछापकी सीडीओ लीलाकुमारी केसी सरकारी कर्मचारी स्वयं आफ्नो काम र कर्तव्यप्रति सचेत हुनुपर्ने धारणा राख्छिन् । कर्मचारीको लापर्वाही र अनुपस्थितिका कारण सेवाग्राही प्रताडित हुन नपरोस् भनेर उनले सरकारी कार्यालयमा निगरानी बढाउने गरेकी छन् । 
 
 

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ

संम्बधित खबर

विशेष