कभर स्टोरी राजनीति

सरकार विरुद्ध वैद्यको कटाक्ष

सरकार विरुद्ध वैद्यको कटाक्ष

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले  संशोधनवाद र अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको आरोप लगाउनुभएको छ । 


कम्युनिष्ट नेतृत्वको सरकारलाई कटाक्ष गर्दै उहाँले दुई तिहाई मतको धम्की नदिन चेतावनी दिनुभयो ।

 माओवादी नेता सीपी गजुरेलले लेख्नुभएको ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ पुस्तक लोकार्पण समारोहमा महासचिव वैद्यले सच्चा कम्युनिष्ट वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गरी छाड्ने दृढता व्यक्त गर्नुभयो । 


महासचिव बैद्यले यसका लागि सच्चा क्रान्तिकारीहरु एकजुट हुनुपर्ने खाँचो औंल्याउनु भयो ।  

नेपाल कम्युनिष्ट पार्टी मोहन बैद्य

विशेष