तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको छ ।
बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौं । जुनसुकै बेला छापा मारेर कारवाही हुन्छ ।’
विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि एक महिनाको अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
तरकारी