News

१७ हजार कर्मचारीमाथि कारबाही सिफारिस, सबैभन्दा धेरै शिक्षक

१७ हजार कर्मचारीमाथि कारबाही सिफारिस, सबैभन्दा धेरै शिक्षक

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी राष्ट्रसेवक कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।

केन्द्रले आर्थिक वर्ष २०७४/०७५ मा तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाई भ्रष्टाचार निवारण ऐन उल्लंघन गर्ने १७ हजार १ सय २७ जना कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए । कारबाही सिफारिसमा पर्नेमा सबैभन्दा बढी शिक्षक छन् ।

११ हजार १ सय ५७ जना शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् । यसैगरी, निजामतीतर्फ १ हजार ९ सय ३९, सेनातर्फ ४ सय ६६ , प्रहरीतर्फ १ सय ६२, स्थानीय तहतर्फ २ हजार ४ सय ५ जना तथा अन्य विभिन्न निकायका ६ सय १९ कर्मचारी कारबाहीको सिफारिसमा परेका छन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

राष्ट्रिय सतर्कता केन्द्र

विशेष