News प्रवास

दिल्लीमा नेपाली महिला सामूहिक बलात्कृत

दिल्लीमा नेपाली महिला सामूहिक बलात्कृत

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकालमा आइतबार राति चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो ।घटनाका विषयमा मुम्बईको ओसिवरा पुलिस थानामा एफआरआईआर दर्ता भएको छ । प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा आफ्ना दाजु भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँ दिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आएकी थिइन् ।

 

दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एकजनाले द्वारकाबाट जान्छ भनेपछि उनी त्यहाँ पुगिन्। द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन्। पसलेले उनलाई मुम्बई पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो। साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैन भन्दै आफ्नो कोठामा जान अनुरोध गर्यो। मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपिमा प्रस्तुत भएका व्यक्ति नै केही बेरमा भक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपपिछ बलात्कार गर्यो । प्रहरीका अनुसार आफूले बलात्कार गरेपछि उसले अन्य तीन जना साथीलाई बोलायो र उनीहरूले पनि बलात्कार गरे । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

नयाँदिल्ली सामूहिक बलात्कृत

विशेष