विदेश

पाकिस्तानी डाक्टरको लापरवाहीले एकै गाउँका ४०० बढी व्यक्तिमा एचआइभी संक्रमण

पाकिस्तानी डाक्टरको लापरवाहीले एकै गाउँका ४०० बढी व्यक्तिमा एचआइभी संक्रमण

उत्तरी पाकिस्तानको एउटा गाउँमा डाक्टरहरूको हेलचेक्र्याइँका कारण सयौँ व्यक्तिहरू एचआइभी संक्रमित भएका छन्। यहाँका डाक्टरहरूले दूषित इन्जेक्सन प्रयोग गरेका कारण ती व्यक्तिहरूलाई एचआइभीको संक्रमण भएको सञ्चार माध्यमहरूले जनाएका छन्।

उक्त घटनामा बृद्धदेखि बालबालिकासम्मलाई एचआइभी संक्रमण भएको छ। घटना भारतको लरकानको हो।

अघिल्लो महिना १८ जना बालबालिकालाई एचआइभी संक्रमण भएको खबर आजएको थियो। त्यसपछि त्यहाँ व्यापकरूपमा छानिबन भएको थियो सो छानबिनका क्रममा त्यहाँ कार्यरत डाक्टरहरूको लापरवाहीको घटना बाहिर आएको हो।

स्वाथ्यअधिकारका अनुसार यहाँ ४०० भन्दा धेरै व्यक्तिमा एचआएभी पोजेटिभ पाइएको छ। यी मध्यै धेरै जसो बालबालिका छन्। विशेषज्ञहरूका अनुसार पाकिस्तानमा यो संख्या अरू बढ्न सक्ने सम्भावना छ। स्थानीय अधिकारीहरूका अनुसार बालरोग चिकित्सहरूको लापरवाहीका कारण ठूलो मात्रमा संक्रमण फैलिएको हो।

सिंघ एड्स कन्ट्रोल प्रोग्रामका प्रान्तीय प्रोग्राम मेनेजर सिकंदर मेमनले पैसा बचाउनका लागि यहाँका डाक्टर एउटै सिरिन्जलाई धेरैपटक प्रयोग गर्ने बताउँछन्। उनले भने, 'पैसा बचाउनका लागि यहाँका डाक्टर एउटै सिरिन्जलाई धेरैपटक प्रयोग गर्छन्। जसले एचआइभी संक्रमण बढाउने काम गर्छ।'

एचआइभी

विशेष