News

७ करोड राजस्व उठाएर मालपोतका नासु फरार

७ करोड राजस्व उठाएर मालपोतका नासु फरार

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने सकेको छैन । गत फागुनदेखि उनी फरार छन् ।

 

मालपोत कार्यालय सिमरामा कार्यरत रहँदा आठ महिनामा चार करोड ५८ लाख ७१ हजार २० रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । साउनदेखि १२ फागुनसम्मको सबै राजस्व उनले व्यक्तिगत खातामा जग्गा गरेका हुन्। अख्तियारले छानविन थालेलगत्तै उनी भागेका थिए । सिमराअघि गुप्ता कलैया मालपोतमा कार्यरत थिए। त्यहाँ नक्कली रसिद बनाएर दुई करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

नायब सुब्बा मदनकुमार गुप्ता

विशेष