News

अब संघीय राजधानी प्रदूषणरहित सहर बन्ने, सरकारले ल्यायो विशेष कार्यक्रम

अब संघीय राजधानी प्रदूषणरहित सहर बन्ने, सरकारले ल्यायो विशेष कार्यक्रम

काठमाडौं । संघीय राजधानी उपत्यकालाई प्रदूषणरहित सहरका रूपमा विकास गर्न सरकारले विशेष कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको योजनालाई मूर्त रूप दिन सरोकारवाला निकायले विशेष अभियान सञ्चालन गरेका छन् । काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेको छ ।

‘फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्छ,’ सांसद गगन थापाले भने, ‘अहिले भएको के छ भने सडक किनार, पुल–पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो ।’ काठमाडौं सहरलाई कुरूप बनाउन यस्तै गतिविधि हुने गरेको उनको निष्कर्ष छ । सभ्य र विकसित देशमा यस्तो अनुशासनहीन काम कसैले गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको सांसदहरूको बुझाइ छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो रु उनले पश्न गरे ।

सहरको मुख्य सडक उप्किँनेबित्तिकै कालोपत्रे गरिहाल्ने पद्धतिको विकास हुन जरुरी भएको सांसद नवराज सिलवाल बताउँछन् । ‘हामीकहाँ त के छ भने एउटा भौतिक निर्माणका लागि अर्को आर्थिक वर्ष कुर्नुपर्ने,’ उनले भने, ‘जेसुकै भत्कियोस्, कोही कसैलाई प्रवाह छैन, काठमाडौंको विभिन्न चोक, गल्ली कच्ची छन् । तिनलाई तत्काल कालोपत्रे गर्नुपर्छ ।’ सडक किनारमा रहेका फोहोरका थुप्रालाई दैनिक रूपमा व्यवस्थापन गर्नुपर्ने उनको धारणा छ । जम्मा भएका फोहोर भोलिपल्ट वा दुई दिनभित्र निश्चित स्थानमा व्यवस्थापन गर्न नसके दुर्गन्ध स्वतः फैलिने भएकाले त्यसतर्फ सचेत हुनेपर्ने उनी बताउँछन् । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो।

प्रदूषणरहित सहर

विशेष