एमेजनले हिन्दु देवीदेवता भएका जुत्ता र ट्वाइलेट सिट कभर बेचेपछि विरोध
एजेन्सी । अनलाइन सपिङ वेबसाइट अमेजनले हिन्दू देवी–देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट–कभर बेचेपछि यसको भारतीय समाजिक संजालमा ठूलो विरोध भइरहेको छ । बिहीबार भारतीय सामाजिक संजाल प्रयोगकर्ता माझ ‘ह्यासट्यग बोयकट–अमेजन(अमेजन वहिष्कार गरौं)’ ट्रेण्डमा रह्यो ।
अमेजनमा बेच्न राखिएका डोरमेटमा पनि भगवान् शिव र गणेशको तस्विर देखिन्छ । यी तस्विर बाहिर आएपछि मानिसहरुले अमेजन एपलाई हटाउनुका साथै अमेजनलाई बहिष्कार गर्न आह्वान गरेका छन्।
एमेजनले माफी माग्नु पर्छ : बाबा रामदेव
एमेजनले हिन्दू देवी–देवताको फोटो अंकित ट्वाइलेट कभर, जुत्ता र डोरमेटजस्ता सामाग्री बेच्न राखेको प्रति योग गुरु बाबा रामदेवले पनि बिरोध जनाएका छन् । पतञ्जलीका संस्थापक बाबा रामदेवले ट्वीट गर्दै सधैं भारतकै पूर्वज देवी देवताको मात्र किन अपमान हुन्छ भनेर प्रश्न गरेका छन् । उनले एमेजनले भारतको अपमान गरेको भन्दै ती सामग्री हटाएर मात्र नपुग्ने माफी माग्नुपर्ने माग गरेका छन् ।
त्यस्तै एमेजनविरुद्ध नोयडाको सेक्टर ५८ को प्रहरी स्टेसनमा मुद्धा दायर पनि गरिएको छ । धार्मिक आधारमा विभिन्न समूहबीच शत्रुता फैलाएको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ । यसअघि पनि अमेजनमा भारतको राष्ट्रिय झण्डा भएको डोरमेट बिक्रीमा आउँदा ठूलो विरोध भएको थियो ।
एमेजन