सिरहाको लाहनमा चीनविरोधी प्रदर्शन, प्रदेश २ सरकारमाथि समेत आशंका
लहान । चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै सिरहाको लहानमा प्रदर्शन भएको छ । स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणरुपि परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रने बताए । लहानको पासुपती माबी बाट निकालिएको र्याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै शहीद चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभामा बोल्दै युवानेता नगेन्द्र कुमार यादब र सुरज कुमार साहले ऋणरुपि चिनियाँ परियोजना केन्द्रीय र प्रदेश सरकारले नरोकिए कड आन्दोलनमा उत्रने बताए ।युवा विद्यार्थीको संयुक्त आयोजनामा विरोध प्रदर्शन भएको थियो ।