समलिंगीहरुका पीडा अब पुस्तकमा
काठमाडौं । अन्तर्राष्ट्रिय होमोफेबिया दिवसको सन्दर्भ पारेर काठमाडौंमा शुक्रबार ‘स्पेक्ट्रु’ नामक पुस्तक विमोचन गरिएको छ ।
मितिनी नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । समारोहमा महिला अधिकारकर्मी रीता थापा, नेपाल टेलिभिजनकी कार्यक्रम निर्देशक आरती चटौत, अनुपम श्रेष्ठ, मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलान, युएन वुमनकी वइनी कुसुमालगायतले पुस्तक विमोचन गरे ।
पुस्तकमा लेस्बिन, बाइसेक्सुवल, ट्रान्सजेन्डर, इन्टरसेक्स लगायतका व्यक्तिहरुको अनुभव तथा न्याय र सुरक्षासम्बन्धी विषयहरु समावेस गरिएको छ ।
यौनिक अल्पसंख्यकहरुको जीवनका दुःख कष्ट र विभेद एवं संघर्षका कथाहरु भोग्नेहरुले नै लेखेका छन् । पुस्तक अंग्रेजी संस्करणमा छ ।
मितीनी नेपालले आयोजना गरेको विमोचन कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मी घलानले समलिंगीहरुलाई समाजले हेर्ने दृष्टिकोणको परिवर्तनमा लागि पुस्तक प्रकाशन गरिएको बताए ।