बुद्ध जयन्तीकै दिन १८ हजार बली
सिरहा । बुद्ध जयन्तीकै दिन शनिबार सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा १८ हजारभन्दा खसीबोका, पाठीको बली चढाइएको छ।
नेपाल र भारतका ६ लाखभन्दा बढी भक्तजनले पुजापाठ गरेका छन्। अत्यधिक गर्मीका कारण मेला भर्न आएका एक श्रद्धालुको ज्यानै गएको छ। बोका, पाठीसहित बली चढाउन लाइन बसेका भक्तजनले जर्वजस्ती मन्दिर प्रवेश गर्ने क्रममा र गर्मीका कारण बेहोस भएका सुखीपुर नगरपालिका–२ चन्नरपट्टिका ४० वर्षीय बालगोपाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गर्मीमा मन्दिर प्रवेश गर्नेको भीडमा यादव लडेर बेहोस भएका थिए। उनलाई तत्काल मेला समितिले प्राथमिक उपचार गरी थप उपचारका लागि लहान बजार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। यादवसँगै १०, १२ जना व्यक्ति गर्मीले बेहोस भएका थिए। उनीहरुलाई प्राथमिक उपचारपछि घर फर्काइएको समितिले जनाएको छ। मेलामा भाकल भर्न जनकपुर उपमहानगर–४ बाट मन्दिर आएका रमेश चौधरीका अनुसार गर्मीले धेरै श्रद्धालु बेहोस भए।
‘मन्दिरमा लाखौँ भक्तजन मेला भर्न आएका थिए’, चौधरीले भने, ‘प्रवेशद्वार साँघुरो भएकाले भिडभाड हुँदा धेरै भक्तजन बेहोस भएका हुन्।गत वर्षसम्म रातीदेखि बली चढाउने गरिएकाले यस्तो घटना भएको थिएन। यसवर्ष पूजा ढिलो भएकाले बली चढाउने काम पनि ढिलै सुरुभएको मेला समितिले जनाएको छ। शनिवार साँझसम्ममा १८ हजारभन्दा बढी बलि चढाइएको र ६ लाखभन्दा बढी भक्तजनले पुजापाठ गरेको मेला समितिले जनाएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
बली