त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, २९ घाइते

त्रिशूली बस दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, २९ घाइते

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। आइतबार बिहान गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को जरेखेत भन्ने स्थान नजिकैबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो।

बस त्रिशूली नदीमा खस्दा हालसम्म चार जनाको शव भेटिएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। घटनामा २९ बढी घाइते भएका छन्। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। केही घाइतेहरूको स्थानीय अस्पतलामा उपचार भइरहेको र अन्य घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुगी मृतक तथा घाइतेको खोजी तथा उद्धार कार्यमा खटिएका छन्। अहिले सुरक्षाकर्मी उद्धारमा खटिएकाले दुर्घटनाको पूर्ण विवरण आउन आउन केही समय लाग्ने उनले बताए। बसमा कति यात्रु थिए भन्ने अझैं यकिन हुन सकेको छैन।

त्रिशूली बस दुर्घटना

संम्बधित खबर

विशेष