त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँचमध्ये तीनको सनाखत, १५ जनाको अवस्था गम्भीर

त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँचमध्ये तीनको सनाखत, १५ जनाको अवस्था गम्भीर

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँपालिका ६ बनठेटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन । अन्य दुई जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा २९ जना घाइते भएका छन्।  

ईलाका प्रहरी कार्यालय गजुरिका प्रमुख नबराज ढुंगेलका अनुसार घाइतेको उद्धार सकिएको छ। २९ घाइतेलाई गजुरिमा सामान्य उपचारपछि काठमाडौं पठाइएको छ। १५ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको कारण चालक निदाएको वा प्राविधिक खुल्न बाँकी रहेको बताए।  गाडी सडक बाट ५० मितर तल खसेको थियो। 

त्रिशूली बस दुर्घटना

संम्बधित खबर

विशेष