हिल्साका लागि एकैदिन २२ उडान

सिमकोट । मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएपछि आईतबार एक दिनमा हिल्साका लागि सिमकोटबाट हेलिकोप्टरले २२ उडान भरे छ । एक दिनमा नेपालगंजबाट सिमकोटका लागि १९२ जना भारतीय पर्यटकहरु जिल्लामा आएपछि हेलिकोप्टरले यति धेरै उडान भरेको हो ।
दुई दिनमा हवाई मार्गबाट २५४ जना पर्यटकहरु जिल्लामा भित्रिएकोमा १२५ जनालाई हेलिकोप्टरले सिमकोटबाट हिल्साका लागि उडान भरेको विमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक सुधिर खड्काले जानकारी दिए । शनिबारबाट पर्यटकहरु जिल्लामा आउन सुरु भएको थियो ।
मानसरोवर कैलाश हिल्सा उडान