राजपा अब अध्यक्षीय प्रणालीमा

राष्ट्रिय जनता पार्टी अध्यक्षीय प्रणालीमा जाने भएको छ ।
राजपाको काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले आउँदो महाधिवेशनपछि पार्टीलाई अध्यक्षीय प्रणालीमा लैजाने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ । महाधिवेशनले अनुमोदन गरेपछि निर्णय हुने गरी विधानको धारा ३१ (१२) ले व्यवस्था गरेकोे अध्यक्ष मण्डल खारेज गरेको हो ।
केन्द्रीय समितिको कार्यकाल दुई वर्ष रहेकोमा त्यसलाई बढाएर तीन वर्ष पुर्याइएको छ । अब राजपाका सम्पूर्ण तहमा प्रतिनिधित्व गर्ने पदाधिकारीले अनिवार्य सपथ लिनुपर्ने छ ।
अब निर्वाचित पदाधिकारीहरुले माथिल्लो तहमा उम्मेद्वारी दिँदा तल्लो तहबाट राजिनामा गर्नुपर्ने छ ।
पार्टीको चक्रिय प्रणालीअनुसार सोमबारबाट संयोजकको जिम्मेवारी अनिल झाले सम्हालेका छन् ।