कभर स्टोरी राजनीति

संसद चल्न नदिने राजपाको धम्की

संसद चल्न नदिने राजपाको धम्की

विधानबाट अध्यक्ष मण्डल हटाएको घोषणा गरेलगत्तै राष्ट्रिय जनता पार्टीले संसद अवरोधको चेतावनी दिएको छ । 

मधेश आन्दोलनका क्रममा भएको दमन सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाका सांसदहरु आक्रामक बनेका हुन् ।
 
सोमबार बैठकको शुरुमै सभामुखसंग समय लिएर राजपा सांसद चन्दा चौधरीले संविधान संशोधन लगायत आफूहरुसँग भएका सहमति कार्यान्वयनमा सरकार उदाशीन बनेको आरोप लगाइन । उनले आफ्ना मागको सुनुवाई नभए संसद चल्न नदिने चेतावनी दिइन । 

राजपाको माग सम्बन्धमा सभामुख महराले सरकारको ध्यानाकर्षण गराए । राजपाले लामो समयदेखि संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । 
 

राजपा संसद

विशेष