News

सगरमाथामा ट्राफिक जाम

सगरमाथामा ट्राफिक जाम

काठमाडौं । यो वर्षको वसन्त ऋतुको आरोहण सिजन सुरु भएसँगै आरोहणमा जाने र फर्कनेका कारण सगरमाथामा ट्राफिक जाम बढेको छ । हरेक वर्ष मे महिनाको तेस्रो साता अनुकुल समय हुने र सोही बेला सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ । यो वर्षका लागि सोमबारसम्ममा एक सय ५७ जनाले सगरमाथाको शिखर चुमिसकेका छन् । यो क्रम जारी रहेकोले छ । मौसम अनुकुल हुनासाथ उकालो लाग्नेको संख्या बढ्ने र आरोहण सकेर फर्कनेको भीड सगरमाथामा देखिन थालेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मंगलबारको लागि १२२ जना, बुधबार २९७ जना, बिहीबार १७२ जना र बाँकी आरोही शुक्रबार शिखर पुग्ने गरी तयारी गरिरहेका छन् ।

 

सोमबारमात्रै ७ नेपाली र सात विदेशी गरी १४ जनाले शिखर चुमेर फर्किएका छन् । मौसमको अनुकुलतामा हुने आरोहण भएकोले यो संख्या अब एकैपटक बढ्ने भएको छ । सगरमाथा आरोहणका निम्ति यो सिजनमा ४८ देशका ३ सय ८१ आरोहीले पर्यटन विभागबाट अनुमति लिएर गएको विभागका निर्देशक तथा सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिएका छन् । उनका अनुसार सगरमाथाको निम्ति विभागबाट ४४ टिमका ३०४ पुरुष र ७७ महिलाले अनुमति लिएका छन् । अनुमति लिएर सगरमाथा जानेमा ३७ वटा टीमका ३६७ जना विदेशी रहेको छ भने ७ टीमका १४ आरोही नेपाली रहेका छन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

वसन्त ऋतु सगरमाथा ट्राफिक

विशेष