News

अब भीभीआईपी क्षेत्रमा ड्रोन उडाउन रोक

अब भीभीआईपी क्षेत्रमा ड्रोन उडाउन रोक

काठमाडौं । अतिविशिष्ट पदाधिकारीहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभा अध्यक्षलगायतका निवासको १ किलोमिटर हवाई दूरीभित्र ड्रोन (मानवरहित हवाई उपकरण) को उडान निषेध गरिएको छ । सरकारले ड्रोन उडानसम्बन्धी नयाँ कार्यविधि जारी गरी पहिलो पटक निषेधित क्षेत्र तोकेको हो । कार्यविधिअनुसार ड्रोन उडान निषेध गरिएका क्षेत्रमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, उपत्यकाका माइतीघर मण्डला, स्वयम्भूनाथ, बौद्धनाथ, बुढानीलकण्ठ, दरबार स्क्वायर क्षेत्र (भक्तपुर, पाटन र काठमाडौं) र पुरातात्त्विक क्षेत्र छन् ।

 

कार्यविधिमा उपत्यका बाहिर स्थानीय प्रशासन वा आधिकारिक निकायले निर्धारण गरेका धार्मिक, पुरातात्त्विक र ऐतिहासिक क्षेत्रमा अब ड्रोन उडाउन पाइने छैन । सैनिक वा सशस्त्र या नेपाल प्रहरीको मुख्यालय, तालिम केन्द्रको १ हजार मिटर र अन्य सुरक्षा इकाई रहेको क्षेत्रमा समेत ५ सय मिटर हवाई दूरीमा ड्रोन उडाउन पाइने छैन । विमानस्थल र अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट ५ किलोमिटर दूरीभित्र र हवाई रुट तय गरिएका कुनै पनि स्थानमा ड्रोन उडान कार्यविधिमा रोक लगाइएको छ ।


सरकारले ड्रोन उडाउन नेपाललाई तीन क्षेत्रमा वर्गीकरण गरेको छ । तीन क्षेत्रमध्ये संवेदनशील क्षेत्रमा निषेध गरिएको हो । सामान्य क्षेत्र मानवरहित इलाका, संरक्षित वा नियन्त्रित क्षेत्रबाहेकका खुला क्षेत्रलाई तोकिएको छ । यस्तो क्षेत्रमा उडाउन पूर्वस्वीकृति लिनुपर्ने छैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

भीभीआईपी कार्यविधि

विशेष