News

युवतीलाई बन्धक बनाएर यौन धन्दामा लगाउने ४ जना प्रहरीको फन्दामा  

युवतीलाई बन्धक बनाएर यौन धन्दामा लगाउने ४ जना प्रहरीको फन्दामा  

धरान । धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ । स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो । 

 

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ । संखुवासभा, झापा, सुनसरीको चतारकी एक–एक युवती र धरानका तीन युवतीसहित ६ जनालाई उद्धार गरि परिवारको जिम्मा लगाइएको उनले बताए । प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइएका युवतीको उद्धार गरेको हो । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
 

धरान युवती उद्धार यौन धन्दा

विशेष