आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

काठमाडौं : केही दिनअघि बनाएको आफैँले बनाएको रेकर्ड तोड्दै कामीरिता २४औँ पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका छन्। कामीरिताले मंगलबार बिहान ६:३८ मिनेटमा उनले २४‍औँ पटक सफलतापूर्वक सरगमाथाको शिखरमा पाइला टेक्न सफल भएका हुन्।

शेर्पाले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। 'एजेन्सीले हामीलाई खबर गरिसकेका छ, एजेन्सीले हामीलाई आधिकारिक चिठी दिएको छैन', उनले भनिन्। 

गत बुधबार उनले २३ औँ पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन्। कामीरिताले अर्को वर्ष २५ औं पटक सगरमाथाको आरोहण गर्ने लक्ष राखेका छन्।

कामीरिता शेर्पा सगरमाथा

संम्बधित खबर

विशेष