पाँचथर हत्याकाण्ड : अनुसन्धानमा खटियो तालिम प्राप्त कुकुरसहतिको टोली
पाँचथर । पाँचथरमा दुई परिवारका ९ जनाको अज्ञात समूहले वीभत्स हत्याको घटना अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुरसहित दक्ष अनुसन्धान अधिकृतहरू घटना स्थलपर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित घटनास्थल प्रस्थान गरेका हुन्।
सोही घटनाको अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)टोली पनि घटनास्थलतर्फ जाने तयारीमा रहेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए। सिआइबीबाट एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक टोली पाँचथरमा जाने तयारी गरेको हो। त्यसैगरी, प्रदेश १ डिआइजी केदार रिजाल पनि पनि घटनास्थलमा जाने तयारी गरेका छन्।
सोमबार राति घरको ढोका थुनी स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाको परिवारका ९ जना सदस्यको धारिलो हतियार प्रहारी गरी हत्या भएको हो। उक्त घटनाको अनुसन्धानमा कुनै कसुर बाँकी नराख्न प्रहरीले सम्पूर्ण नाका शिल गरेर अभियुक्त खोजी कार्य तीव पारेको जनाइएको छ।
घटना पाँच मिक्लाजुङ गाउँपालिका-२ आरूबोटे भन्ने ठाउँमा भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरासी वस्तीले जानकारी दिए। घटनामा दुई बालिका र दुई किशोरीसहित ९ जनाको हत्या भएको छ भने एक किशोरी भाग्न सफल भएकी छन्।
हत्या हुनेमा ४१ वर्षीय धनराज सेर्मा, १३ वर्षीया योवना शर्मा आठ वर्षीया मुना सेर्मा, छ वर्षीया इक्सा सेर्मा रहेका छन्। त्यसैगरी वर्षीय ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक, १२ वर्षीया आशिका खुजम लिम्बूको हत्या भएको हो।
प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार घटना पाँचथरको सदरमुकमाबाट करिब ६० किलोमिटर दूरीमा रहेको छ। उक्त स्थानमा पुग्न लगभग ३ घण्टा लाग्ने बताइएको छ। उनीहरूको कसले र किन हत्या गर्यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जनकारी दिए। धारिलो हतियार प्रयोग गरी वीभत्स हत्यार गरिएको अवस्थामा शव भेटिएको उनले बताए।
घटनाका क्रममा १२ वर्षीया एक किशोरी सीता खाजुमा भागर बाँच्न सफल भएकी छन्। उनीलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ। उनले नकाब लगाएर आएका व्यक्तिले पालैपालो सबैलाई हानेर भागेको बताएकी छन्।
पाँचथर हत्याकाण्ड