News

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङ। लमजुङमा गएराति दुईटा भुकम्पको धक्का महशुस गरिएको छ ।

राति ११ बजेर ४७ मिनेटमा बेशिसहर नगरपालिका वडा नं ३ गाउँशहरको लमजुङ कालिका मन्दिर मुनि केन्द्र भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोही स्थान केन्द्र बनाउँदै बिहान ३ बजेर २८ मा मिनेटमा पुनः ३.९ रेक्टरसेलको भूकम्प गएको थियो ।

एकै रातमा दुईटा भुकम्पको धक्का आएपछि लमजुङ जिल्लामा त्रासको वातावरण बनेको छ तर भूकम्पले हालसम्म मानवीय क्षति भएको समाचार नभएको र अन्य क्षतिको विवरण पनि प्राप्त नभएको प्रहरीले जनाएको छ।

राति ११:४७ मा गएको ४.१ को केन्द्रबिन्दु बेसीसहर नपा ३, गाउसहर दरबार मुनीको केन्द्र नै अहिले बिहान गएको भूकम्पको केन्द्रबिन्दु रहेको भूकम्प मापन केन्द्रले जनाएको हो ।

भूकम्प

विशेष