News

तयार भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको 'रनवे'

तयार भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको 'रनवे'

काठमाडौं : भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । 

विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ । 

राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । 

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

धावनमार्ग गौतम बुद्ध विमानस्थल

विशेष