News

विदेशबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

विदेशबाट फर्किएका १८ हजार युवालाई सहुलियत ऋण

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहिुलियत ऋण दिने तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार सात सय ६७ युवालाई ऋण दिने तयारी गरिएको हो । 

 

१९ हजार युवाले सहुलियत ऋणको लागि आवेदन दिएकामध्ये १८ हजार सात सय ६७ सूचीकरण भएका हुन् । सरकारले परियोजना धितो राखेर उद्यम गर्न चाहने युवालाई १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ । यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।

सहुलियत ऋण

विशेष