News

डाक्टरलाई नै उपचार खर्च अभाव !

डाक्टरलाई नै उपचार खर्च अभाव !

काठमाडौं । रक्त क्यान्सरबाट पीडित नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. चन्द्र नारायण यादवको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले सहयोग गरिदिन नेपाल चिकित्सक संघले आह्वान गरेको छ । 

संघका महासचिव डा. लोचन कार्कीले रक्तक्यान्सर लागेका चिकित्सक यादवको हाल सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको र आर्थिक अवस्था कमजोर भएकाले सरकारले नै उपचार व्यवस्था मिलादिन आग्रह गरे ।

महासचिव डा. कार्कीले डा. यादवका पिता भर्खर निधन भएको र हाल एमविविएसको अध्ययन सकेर चिकित्साशास्त्र अध्ययन सस्थान (आइओएम)मा एमडिमा नाम निकालेर अध्ययन गरेको पहिलो वर्षमै रक्तक्यान्सर लागेको बताए। यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो।

चिकित्सक

विशेष