News

सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो : नागरिक समाज

सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो : नागरिक समाज

काठमाडौं : निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपैयाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ ।

‘मुलुकमा ७५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघीय सांसदलाई किन चाहियो छुट्टै संरचना ?’, नागरिक समाजका अगुवा भवानी खरेल भन्छन् – ‘सांसदलाई दिने भनिएको १० करोडले भ्रष्टाचार मात्र निम्त्याउँछ ।’

संघीय संसद्मा आगामी साता आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत हुँदै छ । सरकारले वजेट ल्याउने अन्तिम तयारी गरिरहँदा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी वार्षिक १० करोड रुपैयाँको माग गरिरहेका छन् ।

सांसदहरुलाई विकास बजेट दिने काम बन्द गर्नुपर्ने भन्दै संघीय समाजवादी पार्टीको सचिव दुर्गा सोव भन्छन्– ‘यो विशुद्ध व्यक्तिगत स्वार्थका कारण मागिएको बजेट हो, कुनै पनि हालतमा दिनुहुँदैन ।’ सांसदलाई विकास वजेट दिनु भनेको राज्यको ढुकुटीको दुरुपयोग हो भन्दै उनले विकासका नाममा राज्यको ढुकुटी दोहन हुने टिप्पणी गरे । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो।

संघीय संसद

विशेष