News

आज मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

आज मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार देशका अधिकांश भूभागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाले देशका पश्चिमी र मध्य भूभागमा र पूर्वी भूभागका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ । 

त्यसैगरी देशका पश्चिमी र मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका केही स्थानमा  मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली तथा थोरै स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना औंल्याइएको छ । 

शनिबार पनि केही भागमा बदली र अपरान्हपछि हावाहुरी सहितको वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम

विशेष