News

भिसा नआएपछि २० तिर्थयात्री फिर्ता

भिसा नआएपछि २० तिर्थयात्री फिर्ता

सिमकोट । मानसरोवर कैलाशको धार्मिक यात्रा गर्न सिमकोट आई पुगेका २० जना पर्यटकहरु बुधबार सिमकोटबाट नेपालगंज फिर्ता भएका छन् । काठमाडौं हुँदै नेपालगंज र सिमकोट पुगेका पर्यटकलाई सिमकोटबाट हिल्सा जाने बेला काठमाडौंबाट भिसा नआएपछि पर्यटकहरु नेपालगंज फिर्ता भएका हुन् । 

 

७७ जनाको ग्रुपमा २० जनाको भिसा नआएपछि सिमकोटबाट नेपालगंज फिर्ता पठाइएको सनभ्याली होटेलका म्यानेजर निमा लामाले बताए । यस अघि काठमाडौंमा आउँदा भिसा प्रकृयामा रहेको र सिमकोटसम्म जाँदा हुने थमस्को ट्राभल्सले बताएपछि पर्यटकहरु सिमकोटसम्म आएको तर अन्तमा भिसा नआएपछि फिर्ता भएको उनले बताए ।

 

अन्य पर्यटकहरुको भिसा संगै आउने गरेपछि यस गु्रपका पर्यटकहरु सबैको भिसा प्रकृयामा रहेकै बेला सिमकोटसम्म आएको भएपछि अन्तमा भिसा नआउदा पर्यटहरु फिर्ता भएको विमानस्थल सुरक्षा गार्डका प्रहरी नायव निरीक्षक सुधिर खड्काले बताए । भिसाकै कारण पर्यटकहरुहरु सिमकोटबाट हिल्सा जानुपर्ने र बिहीबार हिल्साबाट ताक्लाकोट जाने कार्यक्रम रहेको थियो ।  

मानसरोवर कैलाश सिमकोट

विशेष