विदेश विचित्र विश्व

ट्रम्पको विरोध गर्न २७ लाखको रोबोट तयार !

ट्रम्पको विरोध गर्न २७ लाखको रोबोट तयार !

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जुनको पहिलो साता बेलायत आउँदै छन् । उनको विरोध गर्न पनि बेलायतमा विभिन्न तयारी भइरहेका छन्। ट्रम्पको विरोध गर्न १६ फिट उचाइको बोल्ने रोबोट बनाइएको छ । सुनको शौचालयमा बसेको रोबोटले ट्रम्पकै शैलीमा बोलेर विरोध गर्नेछ । ट्रम्पलाई शौचालयमा नै उत्कृष्ट विचार आउने रे भन्दै यसरी व्यंग्य गर्न थालिएको हो ।

 

२५ हजार डलरमा फिलाडेल्फिया निवासी डन लिसमले ट्रम्पको १६ फिट अग्लो रोबोट चीनमा निर्माण गर्न लगाएका हुन् । लिसमले चीनमा काम गर्दै आएका छन्। राष्ट्रपति ट्रम्पले प्रायः प्रयोग गरिरहने, ‘म खारिएको विद्वान् हुँ’, कुनै बाधा छैन’ जस्ता शब्द रोबोटले उच्चारण गर्नेछ । ट्रम्प ३ जुनदेखि तीन बेलायत भ्रमणमा रहनेछन् । उनले बेलायती प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 

रोबोट निर्माण गर्ने लिसमको कम्पनीले चिडियाखाना र संग्रहालयमा राख्ने डायनोसर बनाउने गर्छ । लिसमले भने, ‘म ट्रम्पको समर्थन गर्न सक्दिनँ। मैले रमाइलो गर्न यस्तो रोबोट बनाएको हुँ।’ ६० फिट उचाइको डायनोसर बनाइन्छ भने १६ फिटको ट्रम्पको रोबोट बनाएर शौचालयमा राख्ने सोच बनाएँ। यद्यपि आफू बेलायतका कुनै पनि प्रदर्शनकारी समूहसँग सम्बद्ध नभएको बताए । राष्ट्रपतिको बेइज्जतीपूर्ण रोबोट बनाएकोमा जेल सजाय हुनसक्ने भन्दै चिनियाँ साथीहरूले चिन्ता व्यक्त गरेको पनि उनले सुनाए । अन्नपूर्ण पोस्ट दैनिकबाट

डोनाल्ड ट्रम्प बेलायत

विशेष