मेयरको दुर्व्यवहारविरुद्ध महासंघको खबरदारी

मेयरको दुर्व्यवहारविरुद्ध महासंघको खबरदारी

समाचार संकलनका क्रममा इटहरी उपमहानगरपालिका पुगेका पत्रकारमाथि मेयर द्वारिकलाल चौधरीले गरेको दुर्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति प्रकट गरेको छ । 


कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन उपमहानगरपालिका पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायतका पत्रकारलाई मेयर चौधरीले दुर्व्यवहार गरेका थिए ।


महासंघका सचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘राज्यको जिम्मेवार निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि दुर्व्यवहार हुनु आफैंमा निन्दनीय र गैरजिम्मेवार कार्य हो । यस्ता कार्यले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता तथा पत्रकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने महासंघको ठहर छ । महासंघ मेयर चौधरीबाट भएको गैरजिम्मेवार कार्यको कडा भत्र्सना गर्दछ ।’ 


प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरोकारवाला निकायसंग महासंघले आग्रह गरेको छ । 
    

प्रेस स्वतन्त्रता मेयरको दुर्व्यवहार

संम्बधित खबर

विशेष