संविधान र कानुन नमिच्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

संविधान र कानुन नमिच्न सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

राष्ट्रियसभाले संविधान र कानुनको मर्म विपरीत नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएको छ । 
प्रत्यायोजित विधायन सम्बन्धी काठमाडौंमा भएको अन्तरक्रियामा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संविधानको मर्मअनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न संघीय संसद र सरकार दुवैको  ध्यानाकर्षण गराउनु भयो । 


अध्यक्ष तिमल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने विषयमै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सचेत गराउनु भयो ।


 संविधानको मर्म विपरीत सरकारले नियमावली र निर्देशिका जारी गरे÷नगरेको कडा निगरानी गर्न राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिनु भयो । 


कार्यक्रममा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीतिसाथ आफूहरु अघि बढेको बताउनुभयो ।

 
अन्तरक्रियामा विज्ञहरुसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद तथा कानुन निर्माणमा अग्रसर नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता  छ ।

राष्ट्रियसभा गणेश तिमल्सिना

संम्बधित खबर

विशेष