सरकारसंग मानवअधिकार आयोग असन्तुष्ट

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार मानवअधिकारको प्रत्याभूति गराउन गम्भीर नभएको आरोप लगाउनु भएको छ । .
सरोकारवाला निकायसँग छलफल नै नगरी राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयक संसदमा पेश गरेको प्रति कटाक्ष गर्दै अध्यक्ष शर्माले बढ्दो मानवअधिकार हनन्का घटनाप्रति सरकार सम्बेदनशील नभएको टिप्पणी गर्नुभयो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले मानव अधिकारसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय फोरममा प्रतिवद्धता जनाएको सरकारले त्यसका लागि आवश्यक कानुन बनाउन भने नचाहेको दावी गर्नुभयो ।