सगरमाथाको उचाई कति ? पर्खनुस् ६ महिना

सगरमाथाको उचाई कति ? पर्खनुस् ६ महिना

अबको ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने भएको छ । 


 विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली काठमाडौं फर्किएपछि परम्परागत र आधुनिक दुवै तरिकाबाट आफूहरुले सगरमाथाको मापन गरेको जानकारी दिएको छ । 


टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रम गरी स्वागत गर्नुभयो । 
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो । 


टोलीले जेठ ८ गते बिहान ३ गते सगरमाथाको उचाईमा १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो । 
मन्त्री अर्यालले सगरमाथा उचाईको सर्वेक्षण पहिलो पटक नेपाल  आफैंले गरेको र  टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरी ६ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको बताउनु भयो ।

सगरमाथा उचाई

संम्बधित खबर

विशेष